बुधवार, आश्विन १४ गते २०८३

‎नेपालगन्जबाट रागेचौरतर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा १३ जना घाइते

बिहिवार , श्रावण ८, २०८२

काठमाडौं । नेपालगन्जबाट सल्यानको रागेचौरतर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा चालक सहित १३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कुमाख गाउँपालिका–२, बढाई ज्युला भन्ने स्थानमा भे १ ख ३९९४ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेको थियो । प्रहरीका अनुसार दिउँसो करिब १ः ०० बजे दुर्घटना भएको हो । दुर्घटनाको खबर प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी टोली खटिएर उद्धार कार्य सुरु गरिएको थियो ।

खबर प्राप्त हुनासाथ नजिकैको प्रहरी पोस्ट नेटाबाट प्रहरी सहायक निरीक्षक पदमबहादुर वलीको कमान्डमा ४ जनाको टोली तत्कालै घटनास्थलमा पुगेको थियो । ‎‎साथै, इलाका प्रहरी कार्यालय रागेचौरबाट प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको नेतृत्वमा ६ जनाको थप टोली पनि उद्धारका लागि पठाइएको छ ।

‎‎दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाउने तयारी भइरहेको छ । घाइतेहरूको विस्तृत विवरण र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ‎गाडीका चालकको नाम खुल्न सकेको छैन । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार