बुधवार, आश्विन १४ गते २०८३

कृषि अनुदान हत्याउन जिवित सचिव र कोषाध्यक्लाई मृत घोषणा गर्ने दुई जना पक्राउ

बिहिवार , श्रावण ८, २०८२

काठमाडौं । दार्चुलामा कृषि अनुदानको रकम हत्याउनका लागि कृषक समूहका सचिव र कोषाध्यक्षको मृत्यु भएको भन्दै बैँकलाई फर्जी पत्र पठाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिकाको कृषि शाखा प्रमुख दीपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनकसिंह धामी रहेको प्रहरी जनाएको छ । पक्राउ परेकामध्ये धामी शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामीका छोरा रहेका छन् ।

दुवै जनालाई बुधबार पक्राउ गरेर लिखत सम्बन्धी कसुर किर्ते, किर्ते र अपराधिक विश्वास घात शिर्षकमा किटानी जाहेरी दर्ता गरेर सात दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुले ‘ओखर पकेट क्षेत्र’ कार्यक्रमको दुई लाख २० हजार रुपैयाँ अनुदान प्राप्त गर्नका लागि कृषक समूहका सचिव मन्जु धामी र कोषाध्यक्ष जानकी धामीको मृत्यु भएको भन्दै हस्ताक्षर परिवर्तनका लागि ग्लोबल आईएमई बैँकको गोकुलेश्वर शाखालाई पत्राचार गरेका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार