बुधवार, आश्विन १४ गते २०८३

भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइए

शुक्रवार , श्रावण ९, २०८२

काठमाडौँ । भिजिट भिसामा कुवेत जान लागेका ४७ नेपाली महिला भारतकाे दिल्ली विमानस्थलबाट पक्राउ परेका छन्।  भारतको राजधानी नयाँदिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरूलाई नियन्त्रणमा लिएर नेपाल फर्काइएको हो। 

दलाललाई मोटो रकम बुझाएर उनीहरू भिजिट भिसामा कुवेत जान लागेका अनुसन्धानको क्रममा खुलेको छ।  रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार नो अब्जेक्सन सर्टिफिकेट(एनओसी)बिना कुवेत जान लागेका ती महिलालाई दिल्लीस्थित नेपाली दूतावाससँगको समन्वयमा नियन्त्रणमा लिइएको हो।

दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टोलीले ती महिलालाई सुनौली नाका हुँदै रुपन्देही ल्याएका थिए। 

यसैबिच गृहमन्त्री रमेश लेखकले पक्राउ परेका महिलामाथि कडा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन्। उनले मानव बेचबिखन ब्युरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका गृह मन्त्रालयले स्रोतले जनाएको छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार