बुधवार, आश्विन १४ गते २०८३

४ जना असईसहित २२ प्रहरी सम्पर्कविहीन, एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह

आइतवार , श्रावण ११, २०८२

काठमाडौँ । चारजना प्रहरी सहायक निरीक्षक (असई)सहित २२ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ। 

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। 

गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने सूचनामा उल्लेख छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार