काठमाडौं । गायिका आस्था राउतको नयाँ गीत ‘कम्मरै मर्काएर’ सार्वजनिक भएको छ ।
आस्थाले ‘कम्मरै मर्काएर’ बोलको गीत आइतबार युट्युब च्यानल म्युजिक नेपालमार्फत सार्वजनिक गरेकी हुन् । डान्सिङ नम्बरमा आधारित खुसी र सुखी हुँदै जिउनु पर्छ भन्ने सन्देश दिने गीतले जिन्दगी हास्दै, गाउँदै र नाच्दै खुसी भएर बाच्न प्रेरित गर्ने उनको दाबी छ । मनको रहर साँचेर राख्नेभन्दा पनि पूरा गर्नुपर्छ भन्ने सन्देश दिने गीत साथीसंगीलाई हासेर बोल्न र हासेर जिउन आग्रह गर्छ ।
गीतको भिडियोमा आस्मा विश्वकर्माको बोल्ड नृत्य रहेको छ । गीत ठूलै संख्यामा कोरस राखेर निर्माण गरिएको छ । शान थापाले निर्देशन गरेको भिडियोको कोरियोग्राफी रोशन बिकले गरेका छन् । गायिका आस्थाले भनिन् , ‘गीतजस्तै भिडियो पनि राम्रो बनेको छ । हामीले गीत र भिडियो मेकिङमा कुनै कम्प्रमाइज गरेका छैनौँ, सदाबहार गीत छ । तर तीजमा पनि कम्मर मर्काएर नाच्न र गाउन मिल्ने गीत छ ।’
म्युजिक भिडियो म्युजिक नेपालको आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक भएको हो ।