मंगलवार, आश्विन १३ गते २०८३

सुन्दरीजलको बाढीमा फसेका ५ जनाको नेपाली सेनाद्वारा उद्धार

सोमवार , श्रावण १२, २०८२

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरस्थित सुन्दरीजलको बाढीमा फसेका पाँच जनालाई नेपाली सेनाले सोमबार बिहान उद्धार गरेको छ। 

आज बिहान काठमाडौँको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिर नजिक नुहाउने क्रममा चार जना भारतीय र एक नेपाली बाढीमा फसेका थिए। 

नुहाउने क्रममा एक्कासी खोलाको बहाव बढ्दा उनीहरू नदीको बीचमै फसेका थिए।  चारैतिरबाट बाढीले घेरेपछि उनीहरुले ठूलाे ढुंगामा चढेर ज्यान जोगाएका थिए। 

तिर्थालु नदीमा फसेको जानकारीपछि श्री चन्दननाथ गणबाट खटिएका सेनाका उद्धार टोलीले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा उनीहरुको सकुशल उद्धार गरेका हुन्। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार