आइतवार, आश्विन १८ गते २०८३

कांग्रेसका दुई सांसदले बहादुर लामाविरूद्धको अविश्वास प्रस्ताव फिर्ता लिए

मंगलवार , श्रावण १३, २०८२

काठमाडौँ । बागमती प्रदेश सभामा सांसद मिना पराजुली र माया श्रेष्ठले प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ) विरुद्ध पेस गरिएको अविश्वास प्रस्तावमा आफूहरूको समर्थन नभएको स्पष्ट पारेका छन् ।

आज जारी गरिएको प्रेस विज्ञप्तिमा उनीहरूले अविश्वासको प्रस्तावमा हस्ताक्षर संकलन गर्दा प्रस्तावको विषयवस्ताबारे जानकारी नदिएको र त्यसप्रति असहमति रहेकाले समर्थन फिर्ता लिएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई सो अविश्वासको प्रस्तावको विषयमा जानकारी नगराई हस्ताक्षर गराइएको सोमा हाम्रो असहमति रहेकोले उक्त अविश्वासको प्रस्ताव फिर्ता लिई संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ) लाई समर्थन रहेको व्यहोरा अवगत गराउँदछौं ।’

यस घटनाले बागमती प्रदेशको राजनीतिक परिवेशमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार