आइतवार, आश्विन १८ गते २०८३

मुख्यमन्त्री लामाको पक्ष–विपक्षमा उभिएका सांसदहरु कोको हुन् ? (नामावलीसहित)

मंगलवार , श्रावण १३, २०८२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाएका छन् ।

मंगलबार संसदीय दलको बैठकमा भएको मत विभाजनमा मुख्यमन्त्री लामाविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा २२ मत परेको हो । उनीविरुद्ध परेको अविश्वासको प्रस्तावको पक्षमा बहुमत सांसद उभिएका छन् । लामाको पक्षमा १५ सांसद देखिएपछि उनले संसदीय दलको नेताको हैसियत गुमाएका हुन् । उनको विपक्षमा २२ सांसद देखिएका छन् ।

कूल ३७ सांसद रहेको कांग्रेसका बहुमत सदस्यले लामालाई संसदीय दलको नेताप्रति विश्वास नरहेको जनाएका हुन् । मुख्यमन्त्री लामाविरुद्धको प्रस्तावको विपक्षमा भने नेता कृष्णप्रसाद सिटौलासमूहका कुन्दनराज काफ्लेदेखि नेता डा. शेखर कोइराला समूहका रमेश महतसम्मका १५ सांसद मात्रै उभिएका छन् । नेता प्रकाशमान सिंह समूहका अधिकांश सांसद अविश्वासको प्रस्तावको पक्षमा उभिँदा हरिप्रभा खड्गी भने मुख्यमन्त्री लामाको पक्षमा उभिइन् ।

सभापति शेरबहादुर देउवातिरका सांसद दुवैतिर विभाजित छन् । पार्टी प्रवक्ता डा. प्रकाशशरण महत पक्ष निकट श्याम खड्का अविश्वासको प्रस्तावको पक्षमा उभिएका छन् ।

मुख्यमन्त्री लामाको विपक्षमा देखिएका २२ सांसद :

इन्द्रबहादुर बानियाँ, शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दिपेन्द्र श्रेष्ठ, पुकार महर्जन, बिनु रायमाझी पौडेल, यमुना देवी श्रेष्ठ, उर्मिला नेपाल केसी, शान्ता ढकाल, प्रभात तामाङ, छिरीङ्ग दोर्जे लामा, मीना पराजुली, याङ्किला शेर्पा, मीन कृष्ण महर्जन, बिमल ठकुरी, मदुकुमार श्रेष्ठ, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने, सुना परियार, श्यामबहादुर खड्का र कृष्णबहादुर तामाङ रहेका छन् । 

मुख्यमन्त्री लामाको पक्षमा उभिएका १५ सांसद :

बहादुरसिंह लामा तामाङ, कुन्दनराज काफ्ले, उत्तम जोशी, लक्ष्मी श्रेष्ठ, रमेशकुमार महत, हरिप्रभा खड्गी, रामकुमार पहाडी, क्षत्रबहादुर बम्जन, गिता गुरूङ, मसिना खड्का, तिर्थ लामा, रामकृष्ण चित्रकार, माया श्रेष्ठ, गोविन्द लम्साल र समिता खड्गी रहेका छन् ।



प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार