मंगलवार, आश्विन १३ गते २०८३

प्रचण्ड भन्छन्, माधव नेपालको पार्टीले मान्यता पाए मन्त्रिपरिषद विस्तार हुन्छ 

बिहिवार , भाद्र ३, २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेता माधव कुमार नेपालको पार्टीले मान्यता पाउने बित्तिकै मन्त्रिपरिषद विस्तार हुने बताएका छन् । नेताप नेपालले बुधबार बुधबार आयोगमा एमाले (समाजवादी) दल दर्ता गरेका छन् ।

तर उनको पार्टीले मान्यता भने पाइसकेको छैन । नेकपा एमालेमा आन्तरिक एकता प्रयास हुँदा सरकारमा जान आनाकानी गरेका माधव नेपाल र जसपाको आधिकारिकता उपेन्द्र यादवले पाएपछि पार्टीविहिन बनेका महन्थ ठाकुर पक्षलाई सहज हुने गरी सरकारले राजनितिक दल सम्बन्धि अध्यादेश ल्याएपछि सोही दिन उनिहरुले नयाँ पार्टी दर्ता गरेका हुन् । 


बिहीबार दिउँसो काठमाडौँमा आयोजित अन्तरक्रियामा अध्यक्ष प्रचण्डले आज बिहानमात्रै गठबन्धन घटकसँग भएको छलफल अुनसार माधव नेपालको पार्टी सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद विस्तार हुने सहमति भएको जानकारी दिए ।
त्यस्तै उनले ओलीले ल्याएको अध्यादेश र अहिलेको सरकारले ल्याएको अध्यादेश आकाश पातालको फरक रहेको दावी पनि गरेका छन् । उनले भने  ‘एउटा अध्यादेशको उद्देश्य लोकतन्त्र, गणतन्त्र, संविधान, सिध्याउने हो । अर्कोको लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षाका लागि हो अनि कसरी एउटै हुन्छ ?’
तर कांग्रेस सरकारले ल्याएको अध्यादेशको कांग्रेस नेता माधव नेपाल पक्षका नेताहरुले पनि विरोध गर्दै आएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार