काठमाडौं । नेपालमा २४ घण्टामा २६३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार ५८५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७१८ जना र एन्टिजेन विधिबाट ९१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मंगलबार १५ सय ६५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । सोही अवधिमा थप १५ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । नेपालमा हालसम्म ९ हजार २६३ जनाले ज्यान गुमाइसकेका छन् ।
हाल २२ हजार ९६९ जना होमआइसोलेसनमा रहेका छन् भने २ हजार ५९ जना संस्थागत आइसोलेसन, आईसीयूमा ५६७ जना र भेन्टिलेटरमा १७१ जना रहेका छन् ।