काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टी करिब एक महिनापछि आफ्नो काममा फर्किएकी छिन् । उनका पति राज कुन्द्राको पोर्नोग्राफी काण्डले उनले जजको रुपमा काम गरीरहेकी रियालिटी शो ‘सुपर डान्सर च्याप्टर ४’ छोडेर बसेकी थिइन् ।
पति कुन्द्रको काण्डले निकै कठिन परिस्थितीबाट गुज्रिएकी उनले अन्तत काममा पर्कने हिम्मत जुटाएकी छन् । उनलाई सुपर डान्सरको आगामी शनिरबार र आइतबारको एपिसोडमा हेर्न सकिनेछ । धेरैले अब शिल्पा निराशाको सिकार हुने र त्यतिकै पलायन हुने अनुमान समेत गरेका थिए ।
तर उनले काममा फर्किने साहसी निर्णय गरेसँगै हौसला दिनेहरू पनि देखिएका छन् । उनको यस्तो निर्णयले सहकर्मीहरुका साथै उनका फ्यानहरुमा पनि खुसी छाएको छ । पोर्नोग्राफी मुद्धामा न्यायिक हिरासतमा रहेका पति राजलाई भने हालसम्म जमानत हुन सकेको छैन ।