मंगलवार, आश्विन १३ गते २०८३

विमानस्थलमा डेढ किलो कोकिनसहित एकजना भारतीय नागरिक पक्राउ

बिहिवार , श्रावण १५, २०८२

काठमाडौं । प्रहरीले डेढ किलो कोकिनसहित एकजना भारतीय नागरिकलाई विमानस्थलमा पक्राउ गरेको छ ।

महिलाको गतिविधि शंकास्पद लागेपछि विमानस्थलमा खटिएको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो । ब्यूरोका एसएसपी कृष्ण कोइरालाका अनुसार, उनले ह्याण्ड ब्यागलाई प्लास्टिकको ट्यूब बनाएर कोकिन लुकाएर ल्याएको भेटिएको छ ।

उनी भन्छन्, ‘कोकिन तस्करीकै लागि त्यो ब्याग डिजाइन गरिएको जस्तो देखिन्छ, उनलाई पक्राउ गरेर सोधपुछ गर्ने क्रममा कोकिन लिन आएका अर्का भारतीय नागरिक समेत पक्राउ परेका छन् ।’ प्रहरीले ती युवकलाई बुधबार पक्राउ गरेको थियो । दुवै जनाविरुद्ध विस्तृत अनुसन्धानका लागि प्रहरीले अदालतबाट म्याद थप गरेको छ ।

हालै ब्यूरोले लागूऔषध र रसियनसहित अन्य देशका नागरिकलाई समेत पक्राउ गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार