पुल जोखिममा रहेको थाहा पाएपछि प्रदेशसभा सदस्य आनन्द श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी थापा, जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहितको टोलीले स्थलगत अवलोकन गरी सम्बन्धित निकायलाई मर्मत गर्न निर्देशन दिएको थियो ।
खाँडादेवी गाउँपालिका-४ का वडाध्यक्ष कृष्ण पौडेलले खोलामा आएको कटान शुरु गरेपछि सम्बन्धित निकायलाई जानकारी गराए पनि बेवास्ता गरिएका कारण यो अवस्था आएको बताए ।
रामेछापको तीन गाउँपालिकालाई सदरमुकाम मन्थलीसँग जोड्ने यो पुल रामेछाप–काठमाण्डु जाने वैकल्पिक मार्गका रूपमा समेत प्रयोग हुँदै आएको छ । गत वर्ष खुर्कोटको पुल बगाएपछि दोलखा, रामेछाप र ओखलढुङ्गाका धेरै गाडी यही बाटो भएर काठमाडौं आवतजावत गरेका थिए ।
अहिले पनि खुर्कोटको पुलमा १५ टनभन्दा बढी भारवहन बोकेका गाडी यही बाटो भएर जिल्ला सदरमुकाम मन्थली भित्रिने र काठमाण्डु तथा तराईका विभिन्न भागमा आवतजावत गरिरहेकामा अहिले सबै आवागमन रोकिएको छ ।