मंगलवार, आश्विन १३ गते २०८३

ललितपुरमा श्रीमतीको कुटपिट गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ

आइतवार , श्रावण १८, २०८२

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकामा आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गोदावरी नगरपालिका–१४, ठैवमा बस्दै आएका ४६ वर्षीय निरोज कुमार खड्कीले आफ्नी ३४ वर्षीया श्रीमती कमलामाया खड्कीको हत्या गरेको आरोपमा प्रहरीले उनलाई आइतबार बिहान पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, निरोजको कुटपिटबाट कमलामायाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको टोलीले उनलाई तत्काल नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार