काठमाडौं । एमाले नेता गोकुल बास्कोटाले कसैलाई रेबिज लाग्दैमा राज्य र समाज बौलाउन नसक्ने धारणा व्यक्त गरेका छन् ।
सोमबार उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कानुनहरू संशोधन त हुन्छन्, तर तिनले मानव अधिकार, ब्यतिगत सुरक्षा, समानता, न्यायको रक्षा, सामाजिक मर्यादा, पारिवारिक जबाफदेहिता सहितको स्वतन्त्रताको सुनिश्चितता गरेको हुनु पर्नेछ ।’
उनले अगाडि लेखेका छन्, ‘कसैलाई रेबिज लाग्नासाथ राज्य र समाज बौलाउन सक्दैन, बेकारको बहसले टाउको नरिङ्याउ ।’