आइतवार, आश्विन १८ गते २०८३

संसद्‌मा विरोध गर्दै आएका राप्रपा र रास्वपा आज पनि संसद् बैठकबाट बाहिरिए

सोमवार , श्रावण १९, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू आज पनि संसद् बैठकमा आफ्ना कुरा राखेर बाहिरिएका छन् ।

भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग राख्दै गत जेठ १३ गतेदेखि संसद्‌मा विरोध गर्दै आएको छ । आजको बैठकमा रास्वपा सांसद असिम साहले भिजिट भिसाको नाममा भएको मानव तस्करको फाइल कहाँ पुग्यो ? भनेर प्रश्न गरेका छन् । उनले भ्रष्टाचारको अडियो बाहिरिएको र घुस मागेको प्रमाण आउँदा पनि राजीनामा दिएपछि सबै पखालिएको हो ? भन्दै प्रश्न गरेका छन् ।

उनले प्रश्न गरे, ‘तत्कालीन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिनुभयो । छानबिनको फाइल बन्द भयो । अनि त्यही अडियोमा नाम सुनिएका अर्का मन्त्री र पूर्वमन्त्रीलाई किन अदृश्य शक्तिको शक्ति दिइरहेको छ ?’

राप्रपा सांसद ध्रुबबहादुर प्रधानले भिजिट भिसाको मात्रै समस्या नभइ नियतको भएको बताएका छन् । उनले भनेका छन्, ‘भिजिट भिसामा त सबै जान्छन् । इमिग्रेशन पनि जोडियो । जब कुनै ठाउँमा कमिकमजोरी देखियो ।’

उनले थपे, ‘३० लाख जनताको प्रतिनिधित्व गर्ने व्यक्तिबाट विरोध आयो अनि राप्रपा र रास्वपा भनेर व्यवस्था विरोधी र संविधान विरोधी भन्ने कुरा कार्यकारी प्रमुखबाट आउन खेदजनक छ ।’

उनले आफूहरू समस्या नभइ समाधान चाहेको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार