मंगलवार, आश्विन १३ गते २०८३

पोखराबाट फर्कियो हायु परिवार, वडाध्यक्षकै घरमा बस्ने

सोमवार , श्रावण १९, २०८२

काठमाडौं । घर छाडेर हिँडेको ११ दिनपछि हायु परिवार पोखराबाट फर्किएको छ ।

सोमबार दिउँसो उनीहरू सिन्धुलीको गोलान्जोर गाउँपालिका–६ का वडाध्यक्ष रविन श्रेष्ठको साथमा फर्किएका हुन् । पोखराबाट फर्किए पनि उनीहरू आफ्नै पूराना घरमा भने नबस्ने भएका छन् । त्यो घरमा बिरामी भइरहेको भन्दै उनीहरू त्यहाँ बस्न मानेका छैनन् । उनीहरूलाई आफ्नै घरमा राख्ने शर्तमा वडाध्यक्ष श्रेष्ठले फर्काएका छन् ।

सोही वडाको सुँगुरेमा रहेको आफ्नो पूरानो घरमा तत्काललाई बस्ने व्यवस्था गर्ने अर्को ठाउँमा जग्गा किनेर नयाँ घर बनाइदिने शर्तमा वडाध्यक्ष श्रेष्ठले फर्काएका हुन् । वडाध्यक्ष श्रेष्ठले भने, ‘अब उहाँहरू पहिलेको घरमा जानुहुन्न । तत्काल मेरै घरमा बस्नुहुन्छ । जग्गा खोजेर उचित ठाउँमा नयाँ घर बनाइदिन्छौँ, अनि त्यहाँ सर्नुहुन्छ ।’

सुरुमा घर छोडेका १६ जना र तीन आफन्तसहित १९ जना सिन्धुली फर्केका हुन् । हायु परिवार लिन श्रेष्ठ सोमबार बिहान मात्रै पोखरा पुगेका थिए । त्यहाँबाट सार्वजनिक बसमा लिएर गएका उनले सिन्धुलीबाट मुग्लिनसम्म अर्को गाडी झिकाएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार