काठमाडौं । गायक पशुपति शर्मा सवार कार दुर्घटनामा परेको छ ।
पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार सिद्दार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा कल्भर्टमा ठोक्किएर दुर्घटना भएको हो । बुधबार दिउँसो भएको दुर्घटनामा चार जना घाइते भएका छन् ।
गायक शर्माको देब्रे हातमा चोट लागेको छ । कारमा सवार अन्य पनि सामान्य घाइते रहेको प्रहरीले जानकारी दिएको छ । गाडीको अगाडि भागमा क्षति पुगेको छ ।
तर, उनिहरू अहिले कार्यक्रमका लागि गइसकेको प्रहरीले जनाएको छ ।