मंगलवार, आश्विन १३ गते २०८३

३५ वर्षदेखि निरन्तर पार्टी नेतृत्वमा बसेको भन्दै शंकर पोखरेलले गरे प्रचण्डको व्यंग्य

बिहिवार , श्रावण २२, २०८२

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ३५ वर्षदेखि निरन्तर पार्टी नेतृत्वमा रहेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति व्यंग्य गरेका छन्। 

बिहीबार बिहान उनले सामाजिक सञ्जालमार्फत ०४६ सालमा बहुदलीय व्यवस्थाको स्थापनापछि एमाले र कांग्रेसमा नेतृत्व हस्तान्तरण भइरहँदा पनि माओवादीमा भने एकै व्यक्ति निरन्तर पार्टी नेतृत्वमा रहेको भन्दै व्यंग्य गरेका हुन्। 

०४६ सालको राजनीतिक परिवर्तनपछि एमालेका पाँच र कांग्रेसका चार नेताले पार्टीको नेतृत्व सम्हालेका छन्। तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने निरन्तर पार्टीकाे मूल नेतृत्वमै छन्। 

प्रचण्डले पार्टी नेतृत्व युवा पुस्तालाई छाड्नुपर्ने आवाज बेलाबेलामा उनकै पार्टीभित्र उठ्ने गरेको छ। तर, अहिलेसम्म माओवादीभित्र त्यस्तो आवाज वलशाली बन्न सकेको छैन। 

यसैप्रति व्यंग्य गर्दै पोखरेलले एमाले र कांग्रेसको मुख्य नेतृत्व परिवर्तन भइरहे पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने सदावहार मूल नेतृत्वमा रहेकाे भन्दै व्यंग्य गरेका हुन्। 

नेता पोखरेलले ०४६ सालपछि मदन भण्डारी, मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली एमालेको नेतृत्वमा पुगेकाे र कांग्रेसमा पनि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशिल कोइराला र शेरबहादुर देउवाले पार्टी नेतृत्व गरेको स्मरण गर्दै प्रचण्डप्रति व्यंग्य गरेका हुन्। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार