मंगलवार, आश्विन १३ गते २०८३

लमजुङस्थित बिमिरे भञ्ज्याङमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

बिहिवार , श्रावण २२, २०८२

काठमाडौं । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने लमजुङको मध्यनेपाल नगरपालिका–१० स्थित बिमिरे भञ्ज्याङमा आज बिहान सुक्खा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । 

पहिरो खस्ने क्रम नरोकिएकाले तत्कालै पहिरो हटाउन सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ । पहिरोले सडक अवरुद्ध भएसँगै सवारीसाधन पोखरादेखि बेँसीसहर आवतजावतका लागि वैकल्पिक बाटो काउरे, बाङ्ग्रे र थान्सिङ डाँडाको चौतारा हुँदै सञ्चालन हुन थालेका छन् । 

इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरीले पहिरो तत्कालै हटाउन नसकिने बताएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार