आइतवार, श्रावण २४ गते २०८३

बजारमा जनैपूर्णिमा र रक्षा बन्धनको रौनक

शुक्रवार , श्रावण २३, २०८२

काठमाडौँ । यस वर्षको जनैपूर्णिमा र रक्षाबन्धन पर्व शनिबार मनाइँदैछ । जनैपूर्णिमा र रक्षाबन्धन पर्व आउन एक दिनमात्र बाँकी रहँदा बजारमा जनै, धागो र राखी किनबेच गर्नेहरूको चहलपहल बढेको छ ।

हिन्दु धर्माबलम्बीहरूको महत्वपूर्ण चाड जनैपूर्णिमा वा रक्षाबन्धन पर्व पवित्रता र सुरक्षाको बन्धनसँग सम्बन्धित छ। यस दिन काँचो धागो, जनै र रक्षा बन्धनमा प्रयोग हुने राखीको किनमेल गर्न बजारमा सर्वसाधारणको भीड लाग्ने गर्छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार