काठमाडौं । सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–३ कटैयाका ४२ वर्षीय शम्भुकुमार इसर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आज बिहान इसरलाई गाउँ नजिकै धान खेतमा लगाइएको मोटर खोल्ने क्रममा करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।