बिहिवार, आश्विन १५ गते २०८३

लुकेर विमान चड्ने कोसिस गर्दा अफगान फुटबल खेलाडीको विमानबाट खसेर मृत्यु

शुक्रवार , भाद्र ४, २०७८

काठमाडौं । अफगानिस्तानमा तालिबानले सत्ता कब्जामा लिएसंगै अब के हुने भन्ने त्रासमा मानिसहरु आफ्ना ज्यान जोगाउन मुलुक छोड्न चाहिरहेका छन् । तर मानिसहरु यति हतास छन् कि उनिहरु देश छोड्न जस्तोसुकै उपाय अपनाउन तयार छैन् । 
यस्तै खतरायुक्त जुक्ती लगाएर देश छोड्न लागेका एक युवा फुटबल खेलाडीको ज्यान गएको छ ।

जकी अनवर काबुलबाट निस्किएको एक अमेरिकी सैन्य विमानमा लुकेर चढ्ने कोसिस गरिरहेका बेला उनको मृत्यु भएको समाचारमा जनाइएको छ । अफगानिस्तान प्रशासनले विमान चढ्ने कोसिसमा जकी अनवरको मृत्यु भएको पुष्टि गरेको छ । यद्यपि, उनको मृत्यु कहिले भयो, यसको जानकारी भने दिइएको छैन ।

तर तालिबानले काबुल कब्जामा लिएको भोलीपल्ट गत सोमबार एक विमानबाट मानिस खसिरहेको फोटो भाइरल भएको थियो । त्यस फोटो सम्बन्धि घटना पनि प्रष्ट भएको छैन । मृतक १९ वर्षका जकी अनवरीले अफगानिस्तानको राष्ट्रिय युवा टिमका लागि खेलिसकेका छन् । अफगानिस्तानको शारीरिक शिक्षा एवं खेल महानिर्देशनालयले फेसबुकमा एक बयान जारी गरेर जकी अनवरीलाई श्रद्धाञ्जली दिएको छ ।

काबुल विमानस्थलबाट सार्वजनिक भएका थुप्रै भिडियोमा थुप्रै मानिसहरु विमान सँगसँगै दौडिरहेको र विमानमाथि चढिरहेको देखिएका थिए । थुप्रै मानिसहरु विमानमा जबरजस्ती प्रवेश गर्ने कोसिस गरिरहेका थिए । स्थानीय मिडियाको रिपोर्ट अनुसार हवाई जहाज उडेपछि कम्तीमा दुई जनाको खसेर मृत्यु भएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार