मंगलवार, आश्विन १३ गते २०८३

कञ्चनपुरस्थित महाकाली नदीमा नुहाउन गएका दुई बालिका बगेर बेपत्ता

आइतवार , श्रावण २५, २०८२

काठमाडौं । कञ्चनपुरस्थित महाकाली नदीमा आइतबार नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका–१२ ऐरीनजिकै महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराका अनुसार भीमदत्त नगरपालिका–११ की जीविका पन्त र सानबी पन्त नदीमा बेपत्ता भएका हुन् ।

उनीहरू दुवैको उमेर अन्दाजी ६/७ वर्ष रहेको छ । उनीहरूको खोजी भइहेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार नदी किनारमा अन्य बालिका पनि नुहाइरहेका थिए । जसमध्ये दुई जना बगेर बेपत्ता भएका हुन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार