मंगलवार, आश्विन १३ गते २०८३

भोटेकोशी बाढी : चीनमा रोकिएका नागरिक तातोपानी नाका हुँदै नेपाल आउने

मंगलवार , श्रावण २७, २०८२

काठमाडौं । छिमेकी राष्ट्र चीनतर्फबाट भोटेकोशी नदीमा आएको बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठुलो क्षति भई नेपाल प्रवेश गर्न नपाएका एक सय ८१ जना नागरिकलाई तातोपानी नाकाबाट बुधबार नेपाल आउन लागेका छन् ।

चीन  पट्टिको भूभाग लेन्देखोला हुँदै आएको बाढीका कारण केरुङमा रोकिएका नेपालीहरूलाई तातोपानी नाका हुँदै नेपाल आउन लागेका हुन् । ल्हासास्थित नेपाली महावाणिज्य दूतावासको पहलमा केरुङ नाकामा अलपत्र परेका नागरिकलाई तातोपानी नाकाबाट नेपाल प्रवेशको व्यवस्था मिलाइएको हो । ल्हासास्थित महावाणिज्य दूतावासका अनुसार अलपत्र परेका १ सय ८१ जना  नेपालीलाई तातोपानी नाकाबाट नेपाल प्रवेश गराउन लागिएको हो ।

महावाणिज्य दूतावास स्रोतले भन्यो, ‘केरुङ नाकामा अलपत्र परेका दुई सय नागरिकलाई रेस्क्यू गरिदिन महावाणिज्यदूतावासबाट गरेको आग्रहलाई चिनियाँ पक्षले स्वीकार गरी उनीहरुलाई तातोपानी नाकाबाट नेपाल प्रवेशका लागि सहजीकरण गरिएको छ, उहाँहरू छुट्नु भएको थियो ।’ गत असार २४ गते लेन्देखोलामा आएको बाढीले रसुवागढी नाकाको मितेरी पुल बगाएपछि उनीहरू केरुङमा अड्किएका थिए ।

बाढीका कारण अवरुद्ध भएको स्याफु्रबेसी–रसुवागढी सडक खण्ड सञ्चालनमा आएको भए पनि मितेरी पुल सञ्चालन नआएका कारण तातोपानी नाकाबाट उनीहरूलाई नेपाल फर्काइएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार