मंगलवार, आश्विन १३ गते २०८३

३० हजार धरौटीमा छुटे चक्रे मिलन

बुधवार , श्रावण २८, २०८२

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले अभद्र व्यवहार मुद्दामा मिलन गुरुङ उर्फ चक्रे मिलनलाई ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश खिमानन्द भुसालको इजलासले चक्रेसहित १९ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । चक्रेसँगै राजेश खड्कालाई पनि ३० हजार रुपैयाँ धरौटी तोकिएको छ ।

अदालतले अन्य १७ जनाको हकमा १० हजारदेखि २० हजार रुपैयाँसम्म धरौटी मागेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार