मंगलवार, आश्विन १३ गते २०८३

एकैपटक जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशहरूको सरुवा

शुक्रवार , श्रावण ३०, २०८२

काठमाडौँ । न्यायपरिषद्ले जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशहरूको सरुवा गरेको छ । शुक्रबारको न्यायपरिषद् बैठकले ८८ जना उच्च अदालतका न्यायाधीश र ११२ जना जिल्ला न्यायाधीशको सरुवा गरेको हो ।

विशेष अदालतका अध्यक्ष र ४ जना सदस्यहरु सरुवा भएका छन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवरको उच्च अदालत जनकपुरको न्यायाधीशमा सरुवा भएको छ भने उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शनदेव भट्टलाई विशेष अदालतको अध्यक्षको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार