मंगलवार, आश्विन १३ गते २०८३

नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

आइतवार , भाद्र १, २०८२

काठमाडौँ । सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आइतबार बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुईव जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ। सो ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएर बाटो सञ्चालन गर्ने तयारी भइरहेको खनालले जनाकारी दिए।

पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन्। यसबीच पहिरोमा परेर एक जना घाइते भएका छन् । प्रहरीका अनुसार नारायणगढबाट मुग्लिङतर्फ जाँदै गर्दा बागमती प्रदेश ०६-००३ प ३८१६ नं. को स्कुटर चालक रत्ननगर नगरपालिका–३ बस्ने सन्दीप रिजाल घाइतेमा माथिबाट खसेको ढुङ्गाले लागेर घाइते भएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार