मंगलवार, आश्विन १३ गते २०८३

जंगली जनावरलाई थापेको विद्युतीय धरापमा परेर पतिपत्नीकै मृत्यु

आइतवार , भाद्र १, २०८२

काठमाडौँ ।  सप्तरीमा जंगली जनावरबाट धानबाली जोगाउँन थापेको विद्युतीय धरापमा परेर पतिपत्नीकै मृत्यु भएको छ। 

गएराति करेन्ट लागेर कञ्चनरुप नगरपालिका-५ पिपराका ५० वर्षीय बद्रि सरदार र उनकी पत्नी ४५ वर्षीया विमलादेवी सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार शनिबार राति साढे ८ बजेतिर खेतको काम सकेर घर फर्कने क्रममा पतिपत्नी विद्युतीय धरापमा परेका हुन्। 

‘जंगली जानवरबाट धानबाली जोगाउन स्थानीय महेन्द्र चौधरी र दुर्गानन्द्र  चौधरीले थापेको करेन्ट प्रवाह भइरहेको बारमा उहाँहरू पर्नुभएको हो,’ डीएसपी बस्नेतले भने, ‘उहाँहरूको घटनास्थलमै मृत्यु भएको छ। शव पोस्टमार्टको लागि प्रादेशिक अस्पताल राजविराजमा राखिएको छ।’

घटना लगत्तै महेन्द्र र दुर्गानन्दलाई पक्राउ गरिएको उनले बताए। ‘उनीहरू हाम्रो हिरासतमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ,’ बस्नेतले भने। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार