शनिवार, आश्विन १७ गते २०८३

नेपाल तरुण दलले पाँचौँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्‍यो

सोमवार , भाद्र २, २०८२

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल तरुण दलले पाँचौँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।

दलका तदर्थ समिति अध्यक्ष विद्वान गुरुङले पार्टीको तरुण दल महाधिवेशन निर्देशन समितिको बैठकपछि जारी गरेको कार्यतालिकामा भनिएको छ, ‘भदौ १५ गतेभित्र दलको पूर्ण सदस्यता वितरण गरी वडा र पालिकाको महाधिवेशन सम्पन्न गर्ने ।’ भदौ मसान्तभित्र दलको केन्द्रीय कार्यालयबाट पूर्ण सदस्यता स्वीकृत गर्ने र क्षेत्रीय र जिल्ला प्रतिनिधि अनुमोदन गरिसक्ने कार्यतालिका छ ।

tarun

कात्तिक २० गतेभित्र प्रदेशसभा निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गर्ने र कार्तिक मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने समय कार्यतालिकामा उल्लेख छ । मङसिर १० गते भित्र सातै प्रदेशको अधिवेशन सम्पन्न गर्ने तथा पाँचौँ महाधिवेशन मङ्सिर २६, २७ र २८ गते सम्पन्न गर्ने उल्लेख छ ।

कार्यतालिकामा जिल्ला अधिवेशनको तयारीमा रहेका जिल्लाहरूले केन्द्रसँग समन्वय गरी उल्लेखित कार्यतालिका भन्दा अगावै जिल्ला अधिवेशन गर्न सक्ने उल्लेख छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार