आइतवार, श्रावण २४ गते २०८३

मेरीबास्सैदेखि थुप्रै टेलिफिल्ममा अभिनय गरेका कलाकार थापाको निधन

शनिवार , भाद्र ५, २०७८

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ ।

शनिबार विहान ४:४० बजे पाटन अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । यस्तै कलाकार सिताराम कट्टेल ‘धुर्मुसले पनि सामाजिक सञ्जालमा थापाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले थापाप्रति श्रदाञ्जली व्यक्त गरेका छन्।

कोरोना सक्रमित भएपछि थापालाई दुई साताअघि पाटन अस्पताल भर्ना गरिएको थियो ।

थापाले टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार