मंगलवार, आश्विन १३ गते २०८३

काठमाडौं महानगरविरुद्ध कवाड व्यवसायीहरूको प्रदर्शन

सोमवार , भाद्र ९, २०८२

काठमाडौं । काठमाडौंमा कवाड व्यवसायीहरूले आज प्रदर्शन गरेका छन् । कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरविरुद्ध प्रदर्शन गरेका हुन् ।

उनीहरूले भृकुटीमण्डपदेखि कमलादीस्थित काठमाडौं प्लाजासम्म प्रदर्शन गरेका हुन् । महानगरपालिकाले कवाड संकलन र भण्डारणमा रोक लगाएको विरोधमा कवाड संकलक र व्यवसायीहरूले प्रदर्शन गरेका हुन् ।

महानगरले आफ्नो क्षेत्रभित्र कवाड संकलन र भण्डारणमा प्रतिबन्ध लगाएको भन्दै पछिल्लो समय उनीहरू आन्दोलित छन् ।आफूहरूको रोजीरोटी खोसेको भन्दै कवाड संकलक र व्यवसायीहरू मेयर बालेन साहसँग रिसाएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार