मंगलवार, आश्विन १३ गते २०८३

रुवी साहका हत्या आरोपीले आफैँलाई आगो लगाए, घाइते अवस्थामा पक्राउ

बुधवार , भाद्र ११, २०८२

काठमाडौँ । रौतहटको माधवनारायण नगरपालिका( २ मुडबलवाकी रुबीकुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा माधव नारायण ६ निवासी लक्ष्मण पासवान रहेका जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिए। 

‘उनलाई आज बिहान आफ्नै घरबाट हामीले पक्राउ गरेका हौँ,’ डीएसपी कार्कीले  भने, ‘उनले आफ्नै शरीरमा आगो लगाएको पाइएको छ। घाइते अवस्थामा उनी पक्राउ परेका हुन्। पक्राउपछि उनलाई अस्पतालमा भर्ना गरिएको छ।’

गएको शनिबार राति रुवीको शव गौर नगरपालिका ९ मा पर्ने गौर–सिरसिया सडकखण्डस्थित दिव्यज्योति स्कुलको गेट नजिकै सुटकेसमा फेला परेको थियो। 

पक्राउ परेका पासबान केही समयअघि मात्रै मलेसियाबाट नेपाल फर्किएको पाइएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी कार्कीले बताए। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार