शनिवार, आश्विन १७ गते २०८३

ऐन महर दम्पतीलाई हाजिर जमानीमा छाड्ने निर्णय

बुधवार , भाद्र ११, २०८२

काठमाडौँ । नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महर दम्पतीलाई हाजिर जमानीमा छाड्ने निर्णय गरिएको छ । 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि काफ्लेले ऐन महर र उनकी श्रीमती सनुजा श्रेष्ठलाई हाजिर जमानीमा छाड्ने निर्णय गरेका हुन् । साइबर अपराधविरुद्ध पक्राउ पूर्जी जारी भएपछि बुधबार महर दम्पती प्रहरीमा उपस्थित भएका थिए ।

प्रहरीले उनीहरूलाई सरकारी वकिल कार्यालयमा उपस्थित गराएको थियो । त्यसपछि सरकारी वकिलको कार्यालयले हाजिर जमानीमा छाड्ने निर्णय गरेको हो । एक महिलाले उनीहरू विरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गराएकी थिइन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार