शनिवार, आश्विन १७ गते २०८३

रास्वपाका केन्द्रीय सदस्य डा.अरनिको कम्तीमा ४ दिन थुनामै रहने

बिहिवार , भाद्र १२, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा.अरनिको पाँडेलाई ४ दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध अनुसन्धान गर्नका लागि ४ दिन म्याद थप गरेको हो । एक जना महिलालाई सामाजिक सञ्जाल मार्फत गालीगलौज गरेको आरोपमा उनी बुधबार पक्राउ परेका हुन् ।

महिलाले उजुरी दिएपछि पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ । वातावरणविद् पाँडे २०७९ साल भदौमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए ।

उनी रास्वपा सरकारमा रहेको बेलामा २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्य समेत बनेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार