मंगलवार, आश्विन १३ गते २०८३

छाउ बार्न घर बाहिर सुतेकै ठाउँमा पहिरो खस्दा अछाममा २ महिलाको मृत्यु, १ जना गम्भीर घाइते

शुक्रवार , भाद्र १३, २०८२

काठमाडौँ  अछाममा पहिरोमा पुरिएर एक बालिकासहित दुईजनाको मृत्यु भएको छ।  गएराति पञ्चदेवल विनायक नगरपालिका- ८ को सेलापानीस्थित चुरखोलीमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको हो।

छाउ बार्न घरभन्दा टाढा त्रिपाल टाँगेर तीनजना सुतेकै ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक टेकबहादुर बोहोराले जानकारी दिए। 

‘पहिरोमा पुरिएर ३५ वर्षीया निमा खनाल र सात वर्षीया बालिका कविता भण्डारीको मृत्यु भएको छ। बालिकाकी आमा ३६ वर्षीया रत्ना भण्डारी घाइते हुनुभएको जानकारी हामीले पाएका छौँ,’ इन्सपेक्टर बोहोराले भने, ‘हामी अहिले घटनास्थलतिर जाँदैछौँ। त्यहाँ पुग्न अझै दुई घण्टा जति लाग्छ।’

निमा र रत्नाको नाता सम्बन्ध भने खुलेको छैन। ‘दुवै महिला महिनावारी भएकाले घरदेखि टाढा खुला ठाउँमा त्रिपाल टाँगेर सुतेको अवस्थामा भिरमाथिबाट खसेको पहिरोले पुरेको जानकारी हामीले पाएका छौँ,’ इन्सपेक्टर देउवाले भने, ‘पहिलोसँगै खसेको ढुंगाले लागेर उनीहरुको मृत्यु भएको हो।’

बालिका कविता पनि आमा रत्नासँगै सुत्न गएको बेला परिरोमा परेकी उनले बताए। रत्नाको टाउकोमा चोट लागेकोले अवस्था गम्भीर रहेको प्रहरले जनाएको छ। उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। घटनाको विस्तृत विवरण त्यहाँ पुगेपछि मात्रै थाहा हुने इन्सपेक्टर देउवाले बताए। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार