चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली शनिबार पाँच दिने भ्रमणको लागि चीनमा छन्। प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखबीचको दुईपक्षीय भेटवार्ताको क्रम पनि जारी छ।
प्रधानमन्त्री ओलीले सोमबार नै रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग भेटवार्ता गर्ने छन् । प्रधानमन्त्री ओलीले आइतबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न देशका राष्ट्र र सरकार प्रमुखहरूसँग भेट गरेका छन् ।