त्यसअघि आइतबार दिउँसो २ बजे पानीको प्रवाह एक लाख ७४ हजार ३७५ प्रतिसेकेण्ड थियो । पानीको सतह बढ्न थालेपछि आइतबार दिउँसो २३ वटा ढोका खोलिएको थियो।
प्रवक्ता खतिवडाका अनुसार कोसी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३१ ढोका खोलिएका हुन्। कोसी ब्यारेमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ। सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ। पहाडी भेगमा भइरहेको वर्षाका कारण जलसतह बढ्दै गएको छ ।