मंगलवार, आश्विन १३ गते २०८३

गोरखामा एकाबिहानै भूकम्प

मंगलवार , भाद्र १७, २०८२

काठमाडौँ । गोरखामा एकाबिहानै भूकम्प गएको छ । गोरखाको हंसपुर आसपास केन्द्रविन्दु भएर आज बिहान सवा ६ बजे भूकम्प गएको हो ।

भूकम्पको तीव्रता ४ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । भूकम्पले के कति क्षति पुर्‍यायाे भन्ने जानकारी प्राप्त नभएकाे भूकम्प मापन केन्द्रले जानकारी दिएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार