मंगलवार, आश्विन १३ गते २०८३

सोमबार भ्रष्टाचार तथा सामाजिक सञ्जाल बन्दविरुद्ध ‘जेनजी’ पुस्ताको विरोध प्रदर्शन

आइतवार , भाद्र २२, २०८२

काठमाडौं । जेनजी पुस्ताले सोमबार काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ । सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएकाहरूलाई जेनजी पुस्ता भनिन्छ ।

भ्रष्टाचार तथा सामाजिक सञ्जाल बन्दविरुद्ध नेप्लिज स्टुडेन्ट्स फर जस्टिसले माइतीघर मण्डलामा सोमबार बिहान ११ बजे प्रदर्शन गर्ने भएको हो । यस विषयमा उनीहरूले सामाजिक सञ्जाल टिकटकमा ट्रेन्ड चलाइरहेका छन् । सोमबार विद्यार्थी पोसाक लगाएर परिचयपत्रसहित माइतीघर मण्डलमा उपस्थित हुन आग्रह गरिएको छ ।

देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन, रोजगारी सिर्जनालगायत हुनुपर्ने उनीहरूको माग रहेको छ । उनीहरूले आफ्नो आन्दोलनमा कुनै पनि राजनीतिक दल वा नेताको नेतृत्व नरहने पनि उल्लेख गरेका छन् ।

आन्दोलनमा जेनजी पुस्ता तथा विद्यार्थी सहभागी हुने उनीहरूको भनाइ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार