समसामयिक विषयमा प्रतिनिधिलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालबारे भने, ‘हामी वाक स्वतन्त्राताका लागि बलिदान दिएर आएका हौं । त्यसैले हाम्रो पार्टी सामाजिक सञ्जालमाथि असहिष्णु भए छ कि ? भन्ने कसैमा भ्रम नपरोस् । सामाजिक सञ्जाललाई कानून बमोजिम चल्न, दर्ता हुन र कर तिर्न एक वर्षदेखि भन्दै आएका हौं । तर अटेरी गरिरहेका छन् ।’
कतिपयले ‘जेनजी पुस्ता’लाई सामाजिक सञ्जाल बन्दको विरुद्ध विद्रोह गराउने भनिए पनि ‘जेनजी पुस्ता’ हेपाहा प्रवृत्तिको विरुद्धमा रहेको ओलीले बताए ।