शनिवार, आश्विन १७ गते २०८३

२९ बुँदे प्रस्ताव पारित गर्दै सकियो एमालेको विधान महाधिवेशन

आइतवार , भाद्र २२, २०८२

काठमाडौँ । सत्तारढ नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन २९ बुुँदे प्रस्ताव पारित गर्दै सकिएको छ।

शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु भएको महाधिवेशनमा ३ वटा प्रस्ताव समेत पारित भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। 

महाधिवेशनको अन्तिम दिन आइतबार प्रतिवेदन प्रस्तुतकर्ताहरु एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले समूहगत छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि प्रतिवेदन पारित गरिएको हो।  महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक, पौडेलले विधान संशोधन र पोखरेलले संगठनात्मक प्रतिवेदन पेस गरेका थिए। प्रतिवेदन पास गर्नुअघि अध्यक्ष ओलीले समूहगत छलफलमा उठेका समग्र विषयको जवाफ दिएका थिए। त्यसक्रममा उनी झण्डै २ घण्टा बोलेका थिए। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार