शनिवार, आश्विन १७ गते २०८३

जेनजीको प्रदर्शनमा कारागारबाटै रविको ऐक्यबद्धता

सोमवार , भाद्र २३, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सोमबार हुने भनिएको जेनजीको प्रदर्शनमा समर्थन जनाएका छन्।

सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि ललितपुरको नख्खु कारागारमा रहेका लामिछानेले सन्देश पठाउँदै ऐक्यबद्धता जनाएका हुन्।

उनले लेखेका छन्, ‘भोलिबाट तपाईँहरू सडकमा ओर्लँदै हुनुहुन्छ। तपाईँहरुमध्ये धेरैको जीवनमा यो पहिलो सडक प्रदर्शन हुनुपर्छ। शासकहरुले तपाईँहरुलाई विधि र विवेकको शासन त दिएनन् नै, आफ्ना खुसी र दु:ख, सफलता र असफलता बाँड्ने सामाजिक सञ्जालको सानो कुना पनि खोसे। सत्ता र शक्तिको नशामा चूर अनि घमण्ड र प्रतिशोधको आनन्दमा मग्न यिनीहरूलाई थाहा छैन, तपाईँहरूको विवेक र आवेगसँग यो देशको इतिहास बदल्ने शक्ति छ। भोलिको दिन इतिहासको नयाँ सुरुवातको दिन हो। घुसपैठ हुन सक्छ सचेत हुनुहोस्, उत्तेजित बनाउन सक्छन् विवेक प्रयोग गर्नुहोस्। तपाईँको आफ्नो इतिहास र यो देशको इतिहास पनि तपाईँकै हातबाट लेखिँदै छ। नख्खु जेलको कालकोठरीबाट म तपाईँहरूप्रति शुभेक्षा, सदभाव र ‌ऐक्यबद्दता प्रकट गर्दछु।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार