आइतवार, श्रावण २४ गते २०८३

दिपाश्रीको जन्मदिनमा दिपकको शुभकामना: ‘उनि संसारकै सबैभन्दा जाती’

सोमवार , भाद्र ७, २०७८

काठमाडौं । चलचित्र निर्माता दिपाश्री निरौलाको आज जन्मदिन। उनी आजबाट ४६ औ वर्षमा प्रवेश गरेकी छिन्।

दिपाको जन्मदिनको अवसरमा दिपकले सामाजिक सञ्जालमार्फत शुभकामना दिएका छन्। उनले दिपासँगको सहकार्य गरेकै कारण यहाँसम्म आफु आएको बताएका छन्। 

फेशबुक मार्फत गिरीले दिपालाई दिएको शुभकामना जस्ताको त्यस्तै!

३० बर्ष अघिको कुरा हो
म हरेक दिन रेडियो नेपाल जान्थे, नाटक खेल्न
खुट्टामा चप्पल हुन्थ्यो , शरिरमा झुत्रे लुगा
तर ऑखामा मिठो सपना थियो
मिहेनत धेरै गरे , संघर्ष धेरै भयो ,तर सफलता अझै टाढा थियो
हरेक दिन संघर्ष संगै इश्वर संग प्राथना गरिरहन्थे
न मेहनत काम लागिरहेको थियो , न प्रार्थना !
त्यहि समय रेडियो नेपालमा एकदिन उनि संग मेरो भेट भयो
त्यो भेट बिस्तारै सहकार्यमा बदलियो,
“राम बिलास धनियॉ “ ५ बर्ष , “ तीतो सत्य”१२ बर्ष
बिभिन्न चलचित्रहरू १० बर्ष गर्दै आज म यॉहा आइपुगेको छू
मैले इश्वर संग धेरै गुनासो गरेको थिए, सफलता मागेको थिए
तर इश्वरले आशीर्वादको रूपमा कतिबेला उनिलाइ मेरो साथि बनाएर पठाएछन् पत्तै भएन !!!
उनि एउटा यस्तो साथि ,जो अरूको खुशिका लागि आफ्नो खुशि त्यागिदिन्छ ,जो अरूको सपना पूरा गर्न आफ्ना सपनाहरू लाइ पिन्जडामा थुन्न सक्छ!!!
अरूकै लागि हॉस्न सक्ने,अरूकै लागि बॉच्न सक्ने
कसैको ऑशु देख्नै नसक्ने , मुख अलि छुच्चो तर मन सारै कमलो
जस्ले जे भनोस उनि संसार कै सबैभन्दा जाती छिन्
मेरो एउटा साथि छिन् !!!
जो सबैभन्दा माथि छिन् !!!
तिमिलाइ जन्मदिनको लाखौ, करौडौ, अरबौ, खरबौ शुभकामना
प्रिय साथि दीपा!!

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार