सोमवार, श्रावण २५ गते २०८३

बाराको जंगलमा चारजना मान्छे खाएको बाघलाई सुरक्षाकर्मीले लिए नियन्त्रणमा

शुक्रवार , आश्विन ३, २०८२

काठमाडौं । बाराको जंगलमा चारजना मान्छे खाएको र एकजनालाई घाइते बनाएको बाघलाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषबाट खटिएका विज्ञ टिमको सहयोगमा सेना र प्रहरीले बाघ नियन्त्रणमा लिएका हुन् । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ र २२ मा ३ महिनाको बिचमा बाघले ४ जना मानिसलाई मारेको थियो भने एकजना सैनिक हवलदारलाई घाइते बनाएको थियो । राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरूले चुरियामाई सामुदायिक वनको ३ ठाउँमा राँगालाई बाँधेर क्यामरा जडान गरेका थिए ।

क्यामराले राँगोलाई आक्रमण गरेको फोटो कैद गरेपछि डार्ट गरेर बाघ नियन्त्रणमा लिइएको हो । जितपुर सिमरा उपमहानगरपालिका–२१ स्थित चुरियामाई सामुदायिक बनको आधाभारबाट बाघलाई नियन्त्रणमा लिइएको प्रहरी चौकी अमलेखगञ्जले  जनाएको छ ।

सुरक्षाकर्मी र प्राविधिकहरूले ६ वटा हात्तीको सहयोगमा बाघ नियन्त्रणमा लिएका हुन् । नरभक्षी बाघलाई पर्सा राष्ट्रिय निकुञ्जमा राखिएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार