आइतवार, श्रावण २४ गते २०८३

गोकुल पाण्डेको नयाँ दशैं गीत ‘सरे सबै बसाइँ’ सार्वजनिक

सोमवार , आश्विन ६, २०८२

काठमाडौं । गायक गोकुल पाण्डेले यस वर्षको दशैंलाई लक्षित गर्दै नयाँ गीत सार्वजनिक गरेका छन् ।

‘सरे सबै बसाइँ’ शीर्षकको यस गीतमा परदेशिएका प्रियजन, बदलिँदो संस्कार र कम हुँदै गएको चाडपर्वको उत्साहलाई गीतमार्फत प्रस्तुत गरिएको छ । गीतमा दशैंका पुराना रमाइलो दृश्यहरू स्मरण गर्दै आजको अवस्थाप्रति गुनासो गरिएको छ । यस गीतमा गायक पाण्डे र सुनिता वुढा क्षेत्रीको स्वर रहेको छ ।

उक्त गीतमा गाउँमा भएका सबैले गाउँघर छोडिसकेपछि गाउँनै सुनसान भएको र गाउँघरमा दशैं नै रमाइलो नहुने कथा प्रस्तुत गरिएको छ भने गीतको भिडियोमा गाउँघर पुरै सिस्नोले भरिएको दृश्य देख्न सकिन्छ ।

गीतमा व्यवस्थापन कृष्ण लामिछाने, रेकर्डिङ सागर बाजुराली, मिक्स मास्टर खडक बाजुराली, कलाकारहरु बिनोद श्रेष्ठ र पूजा सिलवाल, सम्पादन सुजन कोइराला, प्रोडक्सन म्यानेजर माधव राउत र कथा निर्देशनमा एकिन्द्र सरशंकर रहेका छन् ।

डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक भएको यस गीतले सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाइरहेको छ ।

https://youtu.be/2SmPonf-yCQ?si=JGYtP2lMVqq0P97l

प्रतिक्रिया
सम्बन्धित समाचार