काठमाडौँ । महिनौं लामो झरीको मौसम सकिएपछि सुरु हुन्छ, शरद ऋतु। खेतमा धान झुलेको बेला किसान फुर्सदिला हुन्छन् । अनि सुरु हुन्छ दशैको रौनक ।
विजया दशमीसँग नवरात्र जोडिएको छ । विशेषतः आश्विन शुक्ल पक्षको प्रतिपदादेखि नवमीसम्मलाई नवरात्र भनिन्छ । नौरथा, नवरात्र अथवा नवरात्रिमा प्रतिपदादेखि नवमीसम्म नौवटी देवीको पूजाआराधना गरिन्छ। शैलपुत्री,व्रह्मचारणी,चन्द्रघन्टा, कुशमन्दा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री ।
नवरात्रमा यी देवीहरूको पुजा गरिन्छ । यी दुर्गा देविका अलग अलग रुप हुन् । नौ दिनसम्म नवदुर्गा भवानी नौवटा विभिन्न स्वरूपमा उपासकहरूलाई दर्शन दिनुहुन्छ भन्ने धार्मीक विश्वास छ । यसैले भक्तहरू आफ्नो मनको इच्छा पूरा हुने उत्कट अभिलाषाले यस नवरात्रि पर्वमा नवदुर्गा देवीलाई राँगा, बोका, भेडा, हाँस, कुभिण्डो अथवा पञ्चबलि चढाइ आ(आफ्ना भाकल पूरा गर्ने पनि गर्दछन् ।
अब यहाँ हामीले बुझ्नु पर्ने विषय हो । दुर्गा नाम किन राखिएको त ? दूर्ग नाम गरेको ऋषिलाई वध गरेको आधारमा दूर्गा नाम राखिएकी हो । नवरात्र सकिएपछि दुर्गा देवीले आसुरी शक्तिको वध गरेको स्मरणमा विजयको टीका लगाइन्छ । दुर्गाले नौ वटा रुप धारण गरि महिषासुर राक्षसको बध, दैत्य चण्ड–मुण्ड लगायतका राक्षसको दध गरेकी थिइन ।
दुर्गाले राक्षसको बध गरी सत्य र धर्मको रक्षा गरेको खुसियालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने गरेको धार्मीक विश्वास छ । दशैंमा मान्यजनहरुले टिका लगाईदिँदा निधार भरीमा रातो अक्षता सँगै कानमा जमरा लगाइदिने चलन छ ।
धार्मिक विश्वास अनुसार दुर्गा भगवतीलाई मनपर्ने भएकाले विशेषगरी जमराको रुपमा जौं र मकैको प्रयोग गरिने चलन रहेको छ । जमरा घटस्तापनको दिनमा सुभ साइतमा बन्द कोठा अर्थात सुर्यको प्रकाश नछिर्ने कोठमा शुद्ध माटो राखि जौसँगै गहुँ, मकैलाई पनि जमरा उमार्न छर्ने गरिन्छ । यसरी रातो टिका र जमरा लगाएमा दुर्गा माताको आर्शिवाद पाउने धार्मिक विश्वास छ । बडा दशैँ २०८२ पनि नेपालीहरु धुमधामका साथ मनाउदैँ छन् ।