गत वर्ष पनि रोशी खोला र सुनकोशी नदीमा बाढी आउँदा बीपी राजमार्गमा ठुलो क्षति भएको थियो । अघिल्लो वर्षको असोज महिनामा आएको बाढीले रोशी खोलामा बगाएको बाटो अस्थायी रूपमा सञ्चालन गरिएको थियो । अहिले सोही सडक बगाएको छ । सडक बगाएपछि पूर्वबाट काठमाडौं छिर्ने यातायात साधन अब दोलखाको चरिकोट घुमेर काठमाडौं आउजाउ गर्नुपर्ने भएको छ ।
सडक विभागका महानिर्देशक विजय जैशीले बिपी राजमार्ग बन्न कम्तीमा सात दिन लाग्ने बता । उनले खोलामा पानीको बहाव कम भएपछि सडक मर्मतको काम थालिने जानकारी दिए । खोलाले गत वर्ष जस्तै सडक कटान गरेको जैशीले जानकारी दिए ।