सोमवार, श्रावण २५ गते २०८३

लगातारको वर्षापछि अवरुद्ध बनेको मेची राजमार्ग खोल्न कम्तीमा ४ दिन लाग्ने

सोमवार , आश्विन २०, २०८२

काठमाडौं । लगातारको वर्षापछि अवरुद्ध बनेको मेची राजमार्ग खोल्न कम्तीमा चार दिन समय लाग्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजमार्गको माईखोलामा सडक सञ्चालनका लागि कम्तीमा चार दिन समय लाग्ने बताएको हो । झापासँगको सीमा क्षेत्र जोरकलशदेखि माईखोलासम्म सडक नबिग्रिए पनि बाढीले माईखोलामा बगाएको कारण यातायात सञ्‍चालनमा समय लाग्ने भएको हो ।

सडक पूर्णरुपमा अवरुद्ध नभए पनि बाटोमै पहिरो खसेको, पहिरोले बाटो बगाएकोलगायत कारण मर्मतमा समय लाग्ने बताउँदै मन्त्रालयले बिब्ल्याँटेमा सडक मर्मतको काम सुरु भएको जनाएको छ ।

साखेजुङमा पुवाखोलानजिकै सडक बगेको छ भने राक्सेदेखि सुकेटारसम्मको सडकमा खासै क्षति नभएको मन्त्रालयले उल्लेख गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार