सोमवार, श्रावण २५ गते २०८३

मनसुन कमजोर भएसँगै बिस्तारै चिसो हुन थाल्यो मौसम

मंगलवार , आश्विन २१, २०८२

काठमाडौँ । मनसुन कमजोर भएसँगै मुलुकमा बिस्तारै चिसो बढ्न थालेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। 

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार मनसुनी वायुको प्रभाव कमजोर भएर पश्चिमी वायु सक्रिय हुन थालेपछि चिसो हुने क्रम सुरु भएको हो।  सोमबार मात्र मौसम महाशाखाले गण्डकी प्रदेशदेखि पश्चिम देशका धेरैजसो स्थानबाट मनसुन हटिसकेको जानकारी दिएको छ। 

मौसम महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशका पश्चिमी भूभागका थोरै स्थानमा पश्चिमी वायुको प्रभाव छ भने देशका बाँकी भूभागमा मात्र मनसुनी वायुको कमजोर प्रभाव छ। दिउँसो घाम लाग्ने भएकाले तापक्रम कम भएको खासै महसुस नहुने भए पनि बिहान भने चिसो महसुस हुन थालेको उनले बताए। 

उनका अनुसार अक्टोबर लागेयता काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम औसतमा १८ डिग्री सेल्सियसमा झरेको छ। त्यसअघि २१ डिग्री सेल्सियस थियो। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार